महामन्त्रीको १०० मत गनियो, गगन अग्रस्थानमा, पछ्याउँदै विश्वप्रकाश

गगनले ल्याए १०० मा ७० मत, विश्वप्रकाश ३४


काठमाडौं – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहेको छ । पछिल्लो अपडेटअनुसार हालसम्म १०० मत गनिएको छ ।

गनिएको मतमध्ये महामन्त्रीका उम्मेदवार गगन थापाले ७०, डा. मिनेन्द्र रिजालले २१, डा. प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, विश्व प्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् । डा. राजाराम कार्कीले भने कुनै मत प्राप्त गरेका छैनन् ।

बिहान १० बजेबाट सुरु गरिएको मतगणना चार घन्टामा सकिने निर्वाचन समितिका एक सदस्यले जनाएका छन् ।

कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा. राजाराम कार्की छन् ।

प्रतिक्रिया