भारतीय सेना बोलाएर भीमदत्त पन्तको टाउको काटियोः केपी ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भीमदत्त पन्तको भारतीय सेना बोलाएर टाउको काटिएको बताएका छन्।

बुधबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनितहरुलाई शपथ ग्रहण गराउने क्रममा ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले भने, ‘डोटीको दक्षिणी भेगमा भीमदत्त पन्तको भारतीय सेनाले समातेर टाउको काटेर बेन्चमा राखेर प्रदर्शन गर्यो।’

भीमदत्त पन्त, नेपाली किसान आन्दोलनका शहीद हुन्। अहिले उनको योगदानलाई उपेक्षा गरिएको भन्दै ओलीले उनको प्रसंग निकालेका हुन्।

पन्त किसान नेता मात्रै थिएनन्, समाजवादी आन्दोलनको नेतृत्वकर्ता पनि थिए। जसकारण, तत्कालीन सरकारले घाँटी रेटेर उनको हत्या गरेको चर्चा छ।

प्रतिक्रिया