
रामचन्द्र पौडेलले गरे महाधिवेशनमा नउठ्ने घोषणा
काठमाडौं — नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेले जारी महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने जनाएका छन् ।
शनिबार बिहान कार्यकर्तासँग भेट गर्दै नेता पौडेल जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने बताएका हुन् ।
पौडेल निवास बोहोराटारमा कार्यकर्तासँगको भेटघाटमा पौडेलले उक्त कुरा बताएका हुन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिमा गरेको दाबीबाट पछि नहटेपछि पौडेले पछि हटेका हुन् । लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको उम्मेदवारी दिने जनाएका समूहले अन्तिम समयसम्म पनि साझा उम्मेदवारमा सहमति जनाउन नसकेपछि पौडेल ब्याक भएका हुन् ।
शनिबार बिहान पौडेल निवासमा भएको भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु लगायत पौडेलपक्षीय नेता उपस्थिति थिए ।
पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाएनन् ।
कांग्रेसको महाधिवेशनमा अहिले १० बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।



कागजपत्र |
