के गायिका अञ्जु पन्तका बिहे गर्ने प्रेमी अमेरिकामा छन्?


काठमाडौं– गायक मनोज राजसँगको डिभोर्सपछि नीजि जीवनमा एक्लै बस्दै आएकी गायिका अञ्जु पन्त पनि अर्को बिहेको तयारीमा छिन्।

अहिले छोरी परितोषिकासँग रहेकी गायिका पन्तले बिहे नगर्ने बताइरहे पनि उनी जीवनको उत्तरार्धमा कोही साथी चाहिन्छ भन्ने मान्यता राख्छिन्। हालै मात्र एउटा अन्तरवार्ताका क्रममा गायिका पन्तले अर्को बिहे गर्नुपर्ने घुमाउरो स्वीकारोक्ति पनि गरेकी छन्।

यो स्वीकारोक्तिसँगै गायिका पन्तले बिहे गर्ने मानिस रोजीसकेको उनीसन्निकटले जानकारी दिएका छन्। पन्तले अमेरिकामा रहेका एक जना कला क्षेत्रमा नै लागेका व्यावसायीक व्यक्तिसँग बिहे गर्ने चर्चा छ। तर यस विषयमा पन्त आफैंले भने कुनै भनक दिएकी छैनन्।

‘अमेरिकामा रहेका गैर आवासीय नेपाली एक जना छन्। जो कला क्षेत्रमा पनि सक्रिय रहेको भन्ने सुनिन्छ। उनको र पन्तको प्रेम समेत रहेको बताइन्छ।’

पन्त हरेक बर्ष अमेरिकामा लामो समय कार्यक्रमको दौरान पुगेर आउने गरेकी थिइन्। अहिले कोभिड–१९ का कारण उनी नेपालमा नै छिन्। उनी अमेरिका जाँदा पनि तिनै व्यक्तिसँग बस्ने गरेको बताइन्छ। यद्यपि, यसको स्वतन्त्र पुष्टिचाहिँ हुन सकेको छैन।

पन्तले बिहे गर्ने निर्णय गरेको खण्डमा उनैसँग हुनसक्ने चर्चा कलाकार वृत्तमा चर्चा छ। पन्तले डिभोर्स गरेको १० बर्ष पुगिसकेको छ। बिहे गरेको १० बर्षमा पन्तको डिभोर्स भएको थियो।

प्रतिक्रिया