देशभर थप ३१५ मा संक्रमण पुष्टी, ३०४ कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ३१५ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ११ हजार ८ सय १० नमुनामध्ये उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै गत २४ घन्टामा देशभरबाट ३ सय ४ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा ८ लाख ५ हजार २ सय५ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै गत २४ घन्टामा २ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घन्टामा देशभर १ लाख २७ हजार ७५३ जनालाई कोभिडविरुद्धको खोप लगाइएको पनि जनाइएको छ ।

अहिलेको अवस्थामा नेपालमा ६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया