भाइबर चलाउन डाटा थप गर्दै एनसेल


काठमाडौं – एनसेलले आफ्ना सेवाग्राहीलाई राकुटेन भाइबर चलाउन थप डाटा दिने भएको छ ।

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरूलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका हुन् ।

ग्राहकले धेरै रुचाएका हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउन थप छुट्टै डाटा निःशुल्क पाउने एनसेलले जानकारी दिएको छ ।

यी प्याकहरूका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क नलाग्ने र पहिले देखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेको एनसेलले जनाएको छ ।

नयाँ अफरसँगै अब भाइबरका म्यासेजीङ्, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी (एआर)लेन्स लगायत सुविधाहरू प्रयोग गर्न थप डेटामा एनसेलका ग्राहकहरूको पहुँच सुनिश्चित भएको पनि कम्पनीले दाबी गरेको छ ।

त्यसैगरी, एनसेल ग्राहकहरूले भाइबरको स्टीकरहरूमा निःशुल्क पहुँच पाउने र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको बताइएको छ ।

प्रतिक्रिया