कांग्रेस प्रदेश अधिवेशनः बाग्मती प्रदेश महामन्त्रीमा कञ्चनचन्द्र बादे विजयी


काठमाडौं – नेपाली कांग्रेसको बागमती प्रदेश महामन्त्रीमा कञ्चनचन्द्र बादे विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनपछि भएको मतगणनामा बादेले ९९५ मत ल्याई बागमती प्रदेश महामन्त्रीमा विजयी भएका हुन् ।

त्यससँगै अर्का महामन्त्रीमा राजु श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय १० मत ल्याएका थिए ।

दुई जना महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै उपसभापतिमा मोहनबहादुर बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेतले १०५९ र महर्जनले १०३७ मत ल्याएका थिए ।

त्यस्तै महिला उपमहामन्त्रीमा जीवन डंगोल विजयी भएकी छिन् । उनले ९४९ मत ल्याएकी थिइन् ।

त्यस्तै खुल्ला उपमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । घिमिरेले ९१६ र श्रेष्ठले ८३९ मत ल्याएका थिए ।

त्यसअघि सोमबार बिहान सकिएको प्रदेश सभापतिको निर्वाचनमा इन्द्र बानियाँ विजयी भएका थिए ।

प्रतिक्रिया