

धोबीखोलामा २५ वर्षीय युवकको शव फेला

काठमाडौं – काठमाडौंको धोबीखोलामा एक युवकको शव फेला परेको छ। आइतबार दिउँसो भक्तपुरको चाँगुनारायण- ६ निवासी २५ वर्षीय विशाल कार्कीको शव धोबीखोलामा फेला परेको हो।
प्रहरीका अनुसार कार्कीले धोबीखोला क्षेत्रमा फोहोर उठाउने काम गर्दै आइरहेका थिए। खोलामा डुबेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीेले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट पानीमा डुबेर कार्कीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

