टिपरको ठक्करबाट मोटरसाइकल पछाडी बसेकी महिलाको मृत्यु


चितवन – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी एक महिलाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना६ख ६७२७ नम्बरको टिपरले ठक्कर दिँदा लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्करबाट मोटरसाइकल चालक विकास नेपाली सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ‍।

प्रतिक्रिया