पाल्पामा यात्रुबाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १७ जना घाइते


पाल्पा – पाल्पाकाे लघुवामा यात्रुबाहक बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस  दुर्घटना भएको हो।

दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

‘बस सडकबाट तल खसेर दुर्घटना भएकाे छ’ जिल्ला प्रहरी कार्यालयका पाल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी विरेन्द्र थापाले जानकारी दिए ।

 

प्रतिक्रिया