एनएमबी बैंकले पायो ‘बैंक अफ दी एसिया’ अवार्ड


काठमाडौं – एनएमबी बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेकाे छ । नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलाे बैंक हाे ।

‘द फाइनान्सियल टाइमस’काे ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदा गर्ने याे अवार्डमा याे वर्षकाे एसियाकै उत्कृष्ट बैंककाे रूपमा एनएमबी बैंकले याे अवार्ड प्राप्त गरेकाे हाे ।

यसअघि नेपालकाे उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ‘अफ दी एयर अवार्ड’ प्राप्त गरेकाे बैंकले यसपटक ‘बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेकाे हाे ।

एनमबी बैंकका सीईओ सुनिल केसीले एसियाका ४८ मुलुककाे सर्वाेत्कृष्ट बैंक बन्नु सबैकाे जित भएको बताए । ‘बैंक मात्र हैन नेपाल र नेपाल राष्ट्र बैंककाे जित हाे,’ उनले भने । संयुक्त लगानीकाे यस बैंकमा नेदरल्यान्डकाे एफएओकाे लगानी रहेकाे छ ।

प्रतिक्रिया