लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण


काठमाडौं – लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्करण ल्याएको छ । एक महिने यो अभियान अन्तर्गत विभिन्न पुरस्कार र छुट माध्यमबाट ग्राहकहरूलाई डिजिटल बैकिङ्ग प्रविधिहरू प्रयोगमा प्रोत्साहन गर्ने बैंकको दाबी छ ।

डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानी प्रवर्द्धन गर्न केन्द्रित रहेको र लक्की ड्र द्वारा आफ्ना ग्राहकहरूलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरूलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गरिने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत डिजिटल डिसेम्बरभर हरेक हप्ता तीन भाग्यशाली क्यूआर व्यवसायीहरूले पाँच हजार रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। क्यूआरबाट भुक्तानी गर्दा प्रत्येक दिन पाँच जनाले ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्ने पनि बैंकले जानकारी दिएको छ ।

योजना अवधिभर मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरूले मोबाइल मनीमार्फत एक हजार रुपैयाँभन्दा बढी कारोबार गर्ने ५०० ग्राहकले डिसेम्बर अन्त्यमा ५०० रुपैयाँ क्यासब्याक पनि पाउनेछन् । साथै, डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभर मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले सो सेवा निःशुल्क पाउन सक्नेछन् ।

प्रतिक्रिया