स्प्राइटका ४ भाग्यशाली विजेतालाई पल्सर माेटरसाइकल हस्तान्तरण


काठमाडौं – लेमन–लाइम पेय पदार्थ स्प्राइटको “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ । । समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।

बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रा.लि.का असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरे । त्यसैगरि विराटनगर, चितवन र हेटौँडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिनेछ ।

त्यस्तै यस कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३“ को सामसङ टि.भि. र २६३ जना विजेताहरुलाई सामसङ  मोबाइल पनि प्रदान गरिएको थियो । पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरुबाट विजेताहरु छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ ।

बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामीले भने, “यो क्याम्पेनमा सहभागि लाखौंँमा छनिएर मैले बाइक जितेकोमा खुशी लागेको छ। यो  मेरो पहिलो बाइक भएकोले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । यो पुरस्कारको लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

प्रतिक्रिया