एमाले महाधिवेशनः मतगणना सुरु, २ घन्टाभित्र परिणाम आउने


चितवन – चितवनको सौराहामा जारी नेकपा (एमाले) को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको मतगणना सुरू भएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले मतगणना सुरू भएको जानकारी दिए । दाहालले मतगणना सुरू गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए।

एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हालेका थिए।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ९६ जनाले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी  चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट टुंगिनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया