एमाले महाधिवेशन अपडेटः १६ सय ५० भोट खस्यो


काठमाडौं – चितवनको सौराहमा जारी नेकपा एमालेको दसौं महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मतदान भइरहेको छ। यो समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन्।

मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ। महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् जसमध्ये साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ।

एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हाल्न सक्ने व्यवस्था गरिएको छ। एक जना मतदातालाई भोट हाल्न १० देखि १५ मिनेटसम्म लाग्नेछ।

निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा निर्वाचन हुँदैछ।

नयाँ नेतृत्वको लागि केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन्। ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेद्‍वारी दिएका छन्।

प्रतिक्रिया