एमाले नयाँ नेतृत्व निर्वाचनः मतदान अन्तिम चरणमा


काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवमा जारी मतदानस्थलमा अहिले एमाले प्रतिनिधिहरुले भोट हालिरहेका छन्। जारी मतदान अन्तिम चरणमा पुगेको छ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो। नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावल र केपी शर्मा ओली मैदानमा छन्।

अब २५ मिनेटभित्रमा मतदान सम्पन्न हुने बताइएको छ। ‘अब धेरै छैन, लगभग १५ प्रतिशत बाँकी होला’, नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले भने।

अब करिब आधा घण्टाजतिमा मतदान सकिने कार्यालय सचिव समेत रहेका तामाङको भनाइ छ। मतदान सकिएको एक घण्टाभित्र नतिजा आउने उनले बताए।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया