मन्त्रिपरिषदद्वारा पोखरेललाई डिआईजीबाट एआईजीमा बढुवाको निर्णय


काठमाडौं– सरकारले नेपाल प्रहरीका लागि थपेको अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा महानगरीय प्रहरी कार्यालयका प्रमुख नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेललाई बढुवा गरेको छ।

विहीबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई थपिएको एउटा एआईजी पदमा बढुवाको निर्णय गरेको हो। यसअघि उक्त पदका लागि गृहसचिव अध्यक्ष रहेको बढुवा समितिले सरकारलाई पोखरेलको नाम नै सिफारिस गरेको थियो।

तर बुधबारको राज्य व्यवस्था समितिले भने सरकारलाई उक्त एआईजी पद नै नथप्नका लागि निर्देशन दिएको थियो । कतिपयले समितिको उक्त निर्देशन हस्तक्षेपकारी भएको टिप्पणी गरेका थिए।

प्रतिक्रिया