राप्रपा महामन्त्री लिङ्देन गम्भीर बिरामी, एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइँदै


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राजेन्द्र लिङ्देन गम्भीर बिरामी भएका छन्। विर्तामोडको बी एन्ड सी अस्पतालमा उपचार गराइरहेका उनमा निमोनिय संक्रमण भएको छ।

अस्पतालका अनुसार उनमा अक्सिजनको पनि कमी देखिएपछि एयर एम्बुलेन्समार्फत थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

लिङ्दने झापा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सांसद पनि हुन्। केही दिनअघि झापामा भएको राजसंस्था पक्षधरको विशाल सभालाई सम्बोधनका लागि लिङ्देन गृहजिल्ला पुगेका थिए।

प्रतिक्रिया