उपाध्यक्षमा नअटेपछि लालबाबु पण्डितले भने, ‘अब बिदा लिएँ, साथीहरुलाई शुभकामना’


काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पण्डितले पार्टीको नेतृत्व तहबाट बिदा लिएको घोषणा गरेका हुन्।

आइतबारको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा कहीँ पनि नसमेटेपछि पण्डितले सामाजिक सञ्जाल फेसुबकमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौँ महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

सौराहास्थित बन्दसत्रस्थलमा रहेका पण्डित अहिले दशौँ महाधिवेशन निर्वाचन अध्यक्षमण्डलको सदस्य पनि हुन्। उपाध्यक्षका दावेदार पण्डितको नाम ओलीले समावेश गरेका छैनन्।

पार्टीको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा माधवकुमार नेपाल समूहबाट चुनाव लडेका पण्डित पराजित भएका थिए। तर दशौं महाधिवेशनमा पण्डित आफू उपाध्यक्षमा समेटिनेमा ढुक्क थिए।

अहिले उनी प्रतिनिधिसभा सदस्य हुन्।

प्रतिक्रिया