
एमाले उपाध्यक्षमा लालबाबु पण्डितको उम्मेदवारी
काठमाडौं – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले पार्टी उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन्। नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य हुन्।
पण्डित पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन्।
एमालेको विधानअनुसार महाधिवेशनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन्।



कागजपत्र |
