भोट माग्न व्यस्त भीम रावल


काठमाडौं – नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेता भीम रावलले भोट माग्न थालेका छन्।

संस्थापन पक्षले नेतृत्व चयनमा सर्वसम्मत गर्न भन्दै थरिथरिका अनौपचारिक बैठक र भेटघाट गरिरहँदा रावल भने भोट माग्न व्यस्त देखिएका हुन्।

कुनै हालतमा आफ्नो उम्मेदवारीबाट ब्याक नहुने बताएका रावलले बन्दसत्र हलभित्र छिर्न लाइन बसेका प्रतिनिधिलाई हात जोड्दै भोट मागिरहेका तस्बिमा देख्न सकिन्छ।

रावल प्रतिनिधिको मन जितेर बढीभन्दा बढी मत ल्याउने प्रयासमा रहेको निकटस्थहरुले बताएका छन्। यता, आफ्नै कोर टिमका सदस्यहरु एउटै पदमा प्रतिष्पर्धी बन्ने अवस्था बनेपछि अध्यक्ष केपी ओली भने सकसमा परेका छन् ।

वरिष्ठ उपाध्यक्षका दुई आकांक्षी ईश्वर पोखरेल र सुवास नेम्वाङ ओलीका खास हुन्। त्यस्तै, महासचिवमा आकांक्षी रहेका विष्णु पौडेल र शंकर पोखरेल दुवै ओलीको कोर टिमका सदस्य हुन्।

उनीहरुमध्ये एउटालाई रोज्नुपर्ने बाध्यता ओलीलाई छ।

प्रतिक्रिया