विष्णुलाई शंकरको प्रस्तावः अहिले मलाई सहयोग गर्नुस्…


काठमाडौं – नेकपा एमालेको दसौं राष्ट्रिय अधिवेशन चितवनमा जारी छ। सौराहमा शनिबार भएको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएको छ।

अध्यक्ष ओलीलाई आफ्नै नेता व्यवस्थापन गर्न हम्मे हम्मे परेपछि एमालेमा नयाँ निर्विरोध नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ। महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका छन्। यी दुवैजना नेता ओलीनिकट हुन्।

नेकपा एमालेको महासचिवमा ओलीनिकट नेताहरु पौडेल र पोखरेलले दाबी गरेपछि सहमति जुटाउन कठिन हुने सम्भावना बढेको छ। सहमति जुटाउन दुवै नेताहरुबीच छलफल भइरहेको छ।

स्रोतका अनुसार छलफलमा शंकर पोखरेलले नेता पौडेललाई यो पटक आफुलाई महासचिवमा सहयोग गर्न प्रस्ताव गरेका छन्।पोखरेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले महासचिव बन्न सहयोग गर्नुहोस् पछि ११ औं महाधिवेशनमा अध्यक्ष बनाउन सघाउँछु।’

एमालेले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या थपे पनि दसौं महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय अध्यक्ष ओलीको लागि पेचिलो बन्ने देखिएको छ।

प्रतिक्रिया