एमालेले देशलाई संकटबाट मुक्त तुल्याउन ऐतिहासिक योगदान पुर्‍याउन सक्छ : कमल थापा


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकारको प्रशंसा गरेका छन् ।

नेकपा (एमाले) को चितवनमा सुरु भएको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै थापाले ओली नेतृत्वको सरकारको प्रशंसा गरेका हुन् ।

उनले भने, ‘केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले देशलाई संकटबाट मुक्त तुल्याउनका निमित्त ऐतिहासिक योगदान पुर्‍याउन सक्छ।’ आफूले पनि ओली सरकारमा बसेर काम गरेको स्मरण गर्दै थापाले ओलीकै अडानका कारण भारतीय नाकाबन्दीको सामना गर्नुका साथै मधेशमा बलिरहेका आगो मत्थर बनाइएको बताए।

अध्यक्ष थापाले देश लोकतन्त्रको आवरणमा सर्वसत्तावादतर्फ उन्मुख भएको बताउँदै योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले सनातन धार्मिक पहिचान समाप्त पार्ने षडयन्त्र भइरहेको टिप्पणी गरे।

‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिष्पर्धा स्थल बन्ने खतरा टड्कारो देखिएको छ।’ थापाले भने, ुयो महाधिवेशनबाट यसविरुद्ध साहसिक निर्णयको अपेक्षा गरेको छु।’

उनले केपी ओली नेतृत्वको सरकारको आलोचना र प्रशंसाका साथ ओलीको पछिल्लो सरकारको गतिविधिबाट भने आफू सन्तुष्ट नभएको उनले बताए।

 

प्रतिक्रिया