विश्वकप एसिया छनोटः नेपाल र मलेशियाको भिडन्त आज


युएई — विश्वकप एसिया छनोट अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको चौथो खेलमा बिहान ११ः१५ बजे नेपाल र मलेसिया भिड्दैछन् ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राख्न मलेसियालाई जित्नुपर्नेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

तेस्रो खेलमा बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै नेपालले विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया