त्रिकोणात्मक टी–२०ः मलेशियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै


काठमाडौं – ३ देश सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

सिरिजमा दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन् । यी दुई टोलीले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गर्दै सिरिजमा राम्रो सुरुआत गरेको हो ।

यसअघि नेपाल र मलेसिया ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपालले बाजी मार्दा मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ ।

प्रतिक्रिया