त्रिकोणात्मक टी–२० सिरिज फाइनलः नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने


काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।

आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।  नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २(० ले क्लिन स्विप गरेको थियो ।

पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो ।  पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

प्रतिक्रिया