नेपालका फिल्डिङ कन्सल्ट्यान्टमा श्रीनिवास नियुक्त  


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले रघुराम श्रीनिवासलाई नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ ।

क्यानले सोमबार श्रीनिवासलाई आईसीसी टी-२० विश्वकप छनोटका लागि  फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा जोडिएको जनाएको हो ।

श्रीनिवासले अष्ट्रेलिया क्रिकेटको हाइ पर्फमेन्स लेभल-३ प्रशिक्षक हुन् ।

श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए । ‘प्रशिक्षक श्रीनिवास  र मैले अमेरिकामा सँगै काम गरेका छौं, उहाँ उर्जावान फिल्डिङ प्रशिक्षक हुनुहुन्छ,’ पुबुदुले भने ।

नेपाली टोली ओमानमा आयोजना हुने प्रतियोगिताको लागि तयारीमा छ । नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो पटक खेल्दै छ ।

प्रतिक्रिया