अलराउन्डर आदिल अन्सारीमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी, अनुशासन समितिले थाल्यो काम

टिममा पर्ने नपर्ने विषय प्रर्दशनमा भर पर्छ : क्यान


काठमाडौं– स्पट फिक्सिङमाको अभियोगमा सफाइ पाएका पूर्व राष्ट्रिय क्रिकेटर अलराउन्डर आदिल अन्सारीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने तयारी भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको बिहीवारको बैठकले यसको प्रक्रिया पुरा गर्न अनुशासन समितिलाई जिम्मा दिएको छ ।

क्यानका एक पदाधिकारीले भने,‘अदालतबाट सफाइ पाइसकेको अवस्थामा आदिलललाई क्रिकेट खेल्न दिनुपर्छ भन्ने भयो । एक साताभित्रै निलम्बन फुकवा गर्ने गरि काम गर्न अनुशासन समितिलाई जिम्मा दिइएको छ ।’

क्रिकेटमा फर्किएपछि राष्ट्रिय टोलीमा पर्ने नपर्ने आदिलको प्रर्दशनमा भर पर्ने ती अधिकारीले बताए ।

आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको थियो । आरोपपछि क्यानसहित क्रिकेटको सर्वोच्च संस्था आइसीसीले अन्सारीलाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिबन्ध लगाएको थियो ।

अदालतबाट सफाइ पाइसकेपछि आइसीसीसँग आवश्यक सम्वन्य समेत भएको थियो ।

क्यानका पदाधिकारीले भने,‘आदिल क्षमता भएका खेलाडी हुन् । उनको लामो क्रिकेट करियर हुनसक्छ । त्यसैले उनलाई क्रिकेटमा फर्काउन हामी सक्रिय छौं । उनी नेपालका लागि राम्रो अलराउण्डर हुनसक्छन् ।’

विष्फोटक ब्याटर आदिल मध्यम गतिका बलर समेत हुन ।

२१ वर्षीय युवा खेलाडी आदिललाई नेपालको बलियो अलराण्डरको रुपमा हेरिएको थियो ।

उनले नेपालबाट सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

पहिलो खेलमै उनले २४ बलमा ३६ रन प्रहार गरेका थिए भने ३ विकेट समेत लिएका थिए । सो म्याच टाइ भएको थियो । जसमा उनको भूमिका महत्वपूर्ण थियो ।

उनले नेपालका लागि ६ एकदिवसीय र ८ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन् । जसमा उनले एकदिवसीयमा ५ र टि–ट्वान्टीमा ६ विकेट लिएका छन् ।

क्यानका आधिकारिक प्रतियोगिता उनले खेल्न नपाएपनि देशका विभिन्न स्थानमा हुने लिगमा भने आदिल खेलिरहेका छन् ।

क्रिकेटमा फर्किएपछि आदिल राष्ट्रिय टोलीमा आदिल पर्ने सम्भावना पक्कापक्की छ ।

प्रतिक्रिया