

महाधिवेशन प्रतिनिधिमा केन्द्रीय सदस्य र जिल्ला सभापति नै पराजित

काठमाडौँ – कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
बागलुङ क्षेत्र नम्बर १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका पौडेल पराजित भएका हुन् । महाधिवेशन प्रतिनिधि उठेका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि पराजित भएका छन् ।
केन्द्रीय सदस्य पौडेलले ४०४ मत र जिल्ला सभापति थापाले ३९९ मत मात्रै पाए ।
कांग्रेसको विधानअनुसार अहिले आमन्त्रित केन्द्रीय सदस्यहरू पनि महाधिवेशन प्रतिनिधि जितेर नआए केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने व्यवस्था रहेको छ ।

