

झिनो अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब २१ करोड

काठमाडौं – साताको चौथो कारोबारको दिन (बुधबार) नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेको छ । नेप्से ०.०७ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ७४ लाख ४५ हजार २ सय २७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर घटेको छ ।
आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख ५६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

