नवलपुर कांग्रेस अधिवेशनः क्षेत्रीय सभापति र गाउँपालिका प्रमुख पराजित


नवलपुर – १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस नवलपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को अधिवेशन सम्पन्न भएको छ । मतपरिणामअनुसार जिल्लामा कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलले बलियो देखिएको छ ।

मंगलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ १० जना विजयी भएका छन् ।

निर्वाचन मतपरिणामअनुसार ओमबहादुर घर्ती, गणेशमान श्रेष्ठ, चन्द्रबहादुर राना, चेतप्रसाद पौडेल, विष्णुकुमार कार्की, विष्णुप्रसाद ढकाल, विष्णुप्रसाद लामिछाने, शंकर तिवारी, सुरज गुरुङ र सोनी जिसी विजयी भएका छन् । राना मध्यविन्दु नगरपालिकाका नगरप्रमुख हुन् । खुल्ला तर्फ उम्मेदवारी दिएका शिव लम्साल भने पराजित भएका छन् ।

त्यस्तै खुल्ला महिलातर्फमा ओमकुमारी महतो, दुर्गा लक्ष्मी पाठक, विमला सापकोटा र सुमित्रा खनाल विजयी भएका छन् । हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डे भने पराजित भएकी छिन् ।

त्यस्तै अल्पसंख्यकमा दिपक बोटे विजयी भएका छन् भने प्रदेशसभातर्फ पुरुषमा कृष्णप्रसाद काप्mले र राजन पाण्डे विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फबाट गुणाखर चापागाईं, देवलाल काप्mले र बेदप्रसाद पाठक विजयी भएका छन् । प्रतिनिधिसभा महिलामा सिर्जना कँडेलले जित हात पारेकी छिन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि समावेशीतर्फ खस आर्यबाट जीवन पाठक र लक्ष्मीप्रसाद पौडेल विजयी भएका छन् भने खसआर्य महिलामा सीतादेवी देवकोटाले जित हात पारेकी छिन् ।

त्यस्तै आदिवासी जनजातिमा टेकप्रसाद श्रेष्ठ, पूर्णसिं राना र श्यामप्रसाद श्रेष्ठ विजयी भएका छन् । नवलपुर क्षेत्र नं. २ का सभापति एवं बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर राना झिनो मतले पराजित भएका छन् ।

त्यस्तै आदिवासी जनजातितर्फ महिलामा पुनम नगरकोटी र मायादेवी श्रेष्ठले जित हात पारेकी छिन् । श्रेष्ठ बौंदीकाली गाउँपालिकाकाकी उपप्रमुख समेत हुन् । अल्पसंख्यक मधेसीमा नन्दकिशोर गुप्ताले जित हात पार्दा थारुमा टिककुमारी महतो विजयी भएकी छिन् । त्यस्तै दलितर्फ झलमाया वि.क.ले जित हात पारेकी छिन् ।

त्यस्तै प्रदेशसभा महिलामा हिरादेवी श्रेष्ठ विजयी भएकी छिन् ।

त्यस्तै प्रदेशसभा पुरुषमा विष्णु न्यौपाने र राजेन्द्रप्रसाद पाण्डेले जित हात पारेका छन् ।

त्यस्तै प्रत्यक्ष महिलामा रुपा तिवारीले जित हात पारेकी छिन् ।

प्रतिक्रिया