रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते


रौतहट – रौतहटको विजयपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन । चन्द्रपुर नगरपालिका ५ घर भई फतुवा विजयपुर ८ बस्दै आएकी सुनिल पण्डितकी २१ वर्षीय श्रीमती आशादेवी पण्डित करेन्ट लागेर गम्भीर घाइते भएकी हुन् ।

घाइते पण्डितको विजयपुरस्थित नेशनल अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार भएको चिकित्सकले जानकारी दिएका छन् ।

घर सफाइ गर्ने क्रममा आज बिहान १० बजे विद्युतको नाङ्गो तारमा टाँसिँदा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले बताए ।

प्रतिक्रिया