करेन्ट लागेर नेपालीको मृत्यु     


ललितपुर – गोदावरी नगरपालिका-५ लेले बसपार्कस्थित विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण लगनखेलमा कार्यरत महालक्षमी नगरपालिका-१ ईमाडोल बस्ने उदयपुर घर भएका २५ वर्षीय देव नेपालीको मृत्यु भएको छ ।

काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लेले स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका अन्य २ जनालाई उक्त स्वास्थ चौकी हुँदै थप उपचारको लागि पाटन अस्पताल लगनखेल पठाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया