आईजी क्षेत्रीसहितको टोली टर्की प्रस्थान, शाहीलाई दिइयो कार्यभार
काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहितको टोली टर्की प्रस्थान गरेको छ ।
आईजीपी क्षेत्री नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा यही मंसिर ७ देखि ९ गतेसम्म संचालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेको हो।
आईजीपी क्षेत्रीसँगै महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
आईजीपी क्षेत्रीसहितको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित गरेको प्रहरी कार्यालयको भनाइ छ।
यस्तै, आईजीपी क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।