भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै


काठमाडौँ – संसदीय सुनुवाई समितिले भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । आइतबार बिहान ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतहरुको उजुरी खोल्ने तथा उनीहरुका कार्ययोजना वितरण गर्ने समितिले जनाएको छ ।

गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

आज बिहान तीन चरणमा समितिको सुनुवाइका लागि बैठक बस्दै छ । पहिलो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी खोल्ने र प्रस्तावित व्यक्तिहरुबाट प्राप्त कार्ययोजना वितरण गरिने र दोस्रो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा सूचना वा उजुरीकर्तासँग छलफल गरिने भएको छ ।

 

प्रतिक्रिया