आमा बनिन् ४६ वर्षीय अभिनेत्री प्रिती


मुम्बई – बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छन् । उनले आफ्नो इन्स्टाग्राममार्फत आमा बनेको खबर सार्वजनिक गरेकी हुन् । ४६ वर्षीया अभिनेत्री सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् ।

‘म सबैसँग आजको सबैभन्दा ठूलो खुशीको खबर बाँड्न चाहन्छु । जीन र म धेरै खुशी छौं र हाम्रो हृदय आभार तथा प्रेमले भरिएको छ । किनकी हामी आफ्नो जुम्ल्याहा बच्चाहरु जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गर्दैछौं’, उनले लेखेकी छन् ।

प्रितीले अमेरिकी नागरिक जेन गुडइनफसँग सन् २०१६ फेब्रुअरीमा लसएञ्जल्समा विवाह गरेकी थिइन् ।  उनले सन् १९९८ मा रिलिज फिल्म ‘दिल से’बाट बलिउडमा डेव्यु गरेकी हुन् ।

प्रतिक्रिया