

भक्तपुरको राधेराधेमा खुल्यो चिकेन स्टेशन

भक्तपुर – फुड हबका रुपमा विकास हुँदै गएको भक्तपुरको व्यापारिक स्थान राधे राधेमा चिकेन स्टेशनको २४ औं शाखा खुलेको छ । उपत्यकालगायत विभिन्न स्थानहरुमा खाना पारखीहरुको केन्द्र बन्दै गएको चिकेन स्टेशनले भक्तपुरका लागि विभिन्न फूड ब्रान्डको केन्द्र बनेको राधेराधेमा बुधबारदेखि शाखा सञ्चालनमा ल्याएको हो । छोटो समयमा भक्तपुरकै व्यस्त व्यापारिक थलोका रुपमा विकास भएसँगै राधेराधेमा भक्तपुरका ग्राहकहरुलाई लक्षित गर्दै स्टेशन सञ्चालनमा ल्याएइएको जनाइएको छ ।
विगत लामोसमयदेखि काैशलटार सेकुवा कर्नर सञ्चालन गरेर हस्पिटालिटि क्षेत्रमा प्रवेश गरेकाे वेभ ग्रुपले उक्त चिकेन स्टेशन सञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष एवं सञ्चालक नरेश रञ्जीतले बताए । अध्यक्ष रञ्जीत, उपाध्यक्ष राजु कुटु, डिकेन कुटुलगायतको समूहले लामो समयको अनुभवलाई चिकेन स्टेशनमार्फत खाना पारखीहरुमाझ अगाडि ल्याएका हुन् ।
राजनीतिक एवं व्यावसायीक रुपमा सफल रहेका अध्यक्ष रञ्जीतले व्यावसायमार्फत् सामाजिक कार्यमा अगाडि बढ्न सकिने सन्देश दिनकै लागी आउटलेटको उद्घाटन मानव कल्याण आश्रमममा आश्रित २० जना बालबालिकाको हातबाट गराएर सामाजिक कार्यको अर्को नमूना प्रस्तुत गरेका थिए । पछिल्लो समय देखावटी रुपमा राजनीतिक र विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई फोरम उपलब्ध गराएर उद्घाटन गराउने प्रचलन रहेकोमा अध्यक्ष रञ्जीतको उक्त कार्यप्रति मानव कल्याण आश्रमका आश्रीतहरुले खुशी व्यक्त गरेका थिए ।
रेष्टुरेन्टमा पाकेको पहिलो परिकार आश्रित बालबालिकाहरुलाई अर्पण गर्न पाउँदा आफूलगायत सम्पूर्ण सञ्चालकहरु गौरवान्वित भएको बताउँदै रञ्जीतले रेष्टुरेन्टबाट भएको नाफाको निश्चित प्रतिशत सामाजिक क्षेत्रमै खर्च गर्ने पनि घोषणा गरे ।
युवा व्यवसायीलगायत युवालाई स्वरोजगार बन्न प्रेरित गर्दै आएको उक्त समूहले निकट भविष्यमै सोही स्थानमा भक्तपुरकै नमुना वेलनेश क्लब र ललितपुरको लाँकुरीभञ्ज्याङमा सय कोठासहितको रिसोर्ट सञ्चालन गर्न लागेको पनि उक्त अवसरमा जानकारी दिइयो ।
‘भक्तपुरका ग्राहकलाई ध्यानमा दिँदै चिकेन स्टेशनको मेनु पस्किन पाउँदा खुशी लागेको छ,’ अर्का सञ्चालक राजु कुटुले भने । आउटलेट सञ्चालनका अवसरमा स्टेशनमा आउने ग्राहकहरुलाई एक सातासम्म विभिन्न छुट सेवा प्रदान गर्ने बताउँदै कुटुले भक्तपुरका ग्रांहकहरुले चिकेनकै स्वाद लिनका लागि अब काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता टरेको बताए । साथै,उनले काठमाडौंको रिङरोडभित्रकालाई थोरै भए पनि बाहिर निस्कने वातावरण पनि आफूहरुले बनाउने प्रयास गरेको बताए ।
त्यस्तै रेष्टुरेन्टका अर्का सञ्चालक डिकेन कुटुले गुणस्तरीय खाना र ग्राहकको सन्तुष्टी नै आफुहरुको पहिलो प्राथमिकता भएको बताए ।
रेष्टुरेन्टका अर्का सञ्चालक गणेशकुमार प्रजापतिले उक्त समूहसँग सहकार्य गरेर यो क्षेत्रमा लाग्न पाउँदा खुशी लागेको बताउँदै चाँडै नै यस रेष्टुरेन्टले ग्राहकहरुको मन जितेर भक्तपुरको उत्कृष्ट गन्तव्य बन्ने समेत विश्वास लिए । पार्किङका लागि पनि प्रशस्त स्थान रहेको पनि प्रजापतिले जनाए ।

