धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या


उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

सन्तबहादुर राईले श्रीमती ५६ वर्षीया चतुरमाया राईलाई गएराति साढे ११ बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता बेदप्रसाद गौतमले जानकारी दिए ।

श्रीमतीको हत्या गरेपछि उनले पनि घाँटी रेटेका थिए । उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गौतमले जानकारी दिए ।

उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । हत्याको बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । मृतक चतुरमाया सन्तबहादुरकी कान्छी श्रीमती हुन् ।

प्रतिक्रिया