गायक सुरजको ‘भरोसा’ सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – गायक तथा संगीतकार सुरज कालाखेतीको आवाजमा रहेको ‘भरोसा’ बोलको गीत लिरिकल भिडियो सहित सार्वजनिक भएको छ ।

केहि दिन अघि मात्र सार्वजनिक भएको यस गीतमा शब्द,संगीत पनि कालाखेतीकै रहेको छ ।

आधुनिक तथा पप जर्नरका गीत सँगीत सुन्न मन पराउनेहरुका लागी यो गीत अत्यन्तै सुमधुर र मिठास छ । गीतमा विशेष गरि माया पिरतीको कथा व्याथालाई उतारेको छ भने विछोडपछि हुने पिडा समेत शब्दमा प्रस्तुत गरेको छ ।

उक्त गीतलाई ‘सुरज कालाखेती अफिसियल’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गायक कालाखेतीले एक दर्जन भन्दा बढि गीत आफ्नो आवाज दिइसकेका छन् । पछिल्लो समय गायक कालाखेती देश विदेशमा हुने साँकृतिक र साँगीतिक कार्यक्रमहरुमा समेत व्यस्त हुन थालेका छन् ।

भिडियो सहित

प्रतिक्रिया