
१६ वर्षीया किशाेरी बलात्कार आरोपमा कार्गो व्यवसायी अधिकारी पक्राउ
काठमाडौं – प्रहरीले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारीलाई पक्राउ गरेको छ ।
अधिकारीविरुद्ध एक किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त मालिगाउँले पक्राउ गरेको हो ।
अधिकारीलाई गत कात्तिक १६ गते पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले अधिकारीलाई ठमेलबाट पक्राउ गरेको हो। अधिकारीविरुद्ध ती किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै कात्तिक ८ गते जाहेरी दिएकी थिइन्।
उनीमाथि मालिगाउँ वृत्तले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।



कागजपत्र |
