
प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दल गुहार्दै नेपाल बार एशोसिएसन
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएसनले राजनीतिक दललाई गुहार्ने भएको छ ।
नेपाल बार एशोसिएसनको दोस्रो दिनको बैठकको अन्तिम निर्णयमा बारले ‘दलका नेताहरुलाई न्याय पालिकाको स्थिति र आन्दोलनको अवस्थाबारे लिखित रुपमा ध्यानाकर्षण गराउने’ निर्णय गरेसँगै न्यायपालिकाको आन्दोलनमा राजनीतिक दललाई प्रवेश दिने स्पष्ट भएको हो ।
नेपाल बार एशोसिएसनको सोमबार बसेको दोस्रो दिनको बैठकमा विभिन्न निर्णयहरु गरिएको छ । निर्णयको पहिलो बुँदामा नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको मागलाई समेटिएको छ ।
त्यस्तै बारले प्रधानन्यायाधीशले इजलाश तोक्ने कार्यलाई बन्द गर्न माग गर्दै राफल प्रणालीबाट बेन्च गठनको माग गरेको छ ।
बारले प्रधानन्यायाधीशले तोकेको इजलाशमा न्यायाधीश र कानुनव्यवसायीहरुलाई बहिष्कारका लागि पनि अनुरोध गरेको छ ।
साथै बारले न्यायालयको समस्या समाधानका लागि राजनीतिक दललाई गुहार्ने औपचारिक निर्णय पनि गरेको देखिएको छ ।



कागजपत्र |
