टी–२० विश्वकपः इंग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा, भारतको भाग्य परिक्षा आज


काठमाडौं – युएईमा जारी टी–२० विश्वकपमा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको छ । शनिबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनि रनरेटका आधारमा सेमिफाइनल प्रवेश गर्न असफल भएको छ ।

शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर–१२ को समूह–१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

समूह–१ को विजेता इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो ।

आजको पहिलो खेलमा अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दै छन् भने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्ड भिड्ने भएका छन् । आजको प्रतियोगितामा न्यूजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा भारत एकखेल अघि नै प्रतियोगिताबाट बाहिरिन्छ ।

पाकिस्तान भने यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । पाकिस्तानले ग्रुप बीबाट समूहचरणमा खेलेका चारवटै खेलमा जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया