

आइएमई इन्स्योरेन्सकी कम्पनी सचिवमा जोशी

काठमाडौं— आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशीलाई नियुक्त गरिएको छ ।
कम्पनीले सञ्चालक समितिको बैठकले कम्पनीको कानूनविभाग प्रमुख समेत रहेकी जोशीलाई कम्पनी सचिवको समेत काम गर्ने गरी थप जिम्मेवारी दिएको जनाइएको छ ।
उक्त अवसरमा जोशीलाई आइतबारदेखि नै कम्पनी सचिवको जिम्मेवारी दिइएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले बताए ।

