उपत्यकाबाट साढे ११ किलो चरेशसहित ५ पक्राउ


काठमाडौं — उपत्यकाको काठमाडौंस्थित म्हेपीबाट महानगरी प्रहरी वृत्त लैनचाैर प्रहरीले ठूलो परिमाणको चरेससहित पाँच जनालाई पक्राउ गरेको छ।

वृत्तबाट खटिएको टोलीले बिहीबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १६ म्हैपी क्षेत्रबाट पाँच जनालाई पक्राउ गरेको हो।

गोरखा धार्चेका २२ वर्षीय मनबहादुर गुरूङ, २२ वर्षीय सजिन गुरूङ, रसुवाका ५२ वर्षीय मिनबहादुर तामाङ, नुवाकोटका ६४ वर्षीय रोजबहादुर घले र ४० वर्षीय चन्द्रबहादुर तामाङ पक्राउ परेका छन्।

उनीहरुसँगबाट ११ किलो ५०० ग्राम लागुऔषध बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

१२ वटा प्लास्टिकका पोकामा राखेर लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो।

उनीहरूले लागुऔषध चरेश खरिद–बिक्री तथा ओसारपसार गर्न लागेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएर पक्राउ गरेको हो।

उनीहरूमाथि प्रहरीले नियन्त्रित लागुऔषध ऐन (संशोधन) ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया