अनामनगरस्थित कार्की भवनकाे फर्निचर सोरुममा आगलागी


काठमाडाैं – अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ । भवनमा रहेकाे फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मी पूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् ।

दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया