

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं – बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ७ स्थित बीरगंजबाट मंसीर २१ गते एपीएफ टोलीले ४ सय ५० बोतल वानरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको दोरे गाउँपालिका १ बस्ने २२ वर्षिय जितेन्द्र सहनी छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरेको छ ।
पक्राउ परेका निज सहनीलाई बरामद लागूऔषध तथा उक्त मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्ररही कार्यालय जितपुरमा बुझाईएको छ ।
यसैगरी सप्तरी जिल्लाको बोधेवर्साईन नगरपालिका ९ स्थित सिम्राहाबाट मंसीर २१ गते एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सडक नगरपालिका ४ बस्ने १९ वर्षिय शुभकान्त चौधरी र १८ वर्षिय आशिष चौधरी छन् ।
स ३ प ३६३१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नोफिन १० बोतल, डाईजील्याव १२ बोतल र फेनरगन ८ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बोधेवर्साईनमा बुझाएको छ ।
यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ७ गैरीगाउँ स्थित सीमा ईलाकाबाट मंसीर २२ गते एपीएफ टोलीले करीव १८ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतमा घर बताउने ४२ वर्षिय गंगु सुब्बा छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज सुब्बालाई बरामद ब्राउनसुगर सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

