माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी बनाई छाड्ने संकल्प : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको रणनीति लागू गर्न माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी बनाई छाड्ने संकल्प पार्टीले लिएको बताएका छन् । किनकी ‘माओवादी अरु जस्तो होइन भन्ने सावित गर्नुछ’ उनले भने ।

‘हामीले फेरि एक पटक उत्पीडित वर्ग समुदायका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढंगको क्रान्तिकारी पार्टी बनाइ छाड्ने संकल्प गरेका छौ । त्यसको निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने संकल्पमा पार्टी छ’, प्रचण्डले भने, ‘हामीलाई विश्वास छ, सबै उत्पीडित वर्ग समुदायले फेरि एकचोटी पार्टीले लिएको नयाँ संकल्प र पार्टीलाई समाजवादी क्रान्तिको दिशातिर लागिछाड्ने प्रतिबद्धतामा साथ, समर्थन र सहयोग रहन्छ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय पहिचान र अधिकारका मुद्दा शिथिल हुन थालको स्वीकार्दै माओवादीले पनि त्यस्ता मुद्दा छोड्न थालेको हो कि ? अरु पार्टी जस्तै बन्ने हो कि भनेर जनतामा चिन्ता पलाएको आफूले महसुस गरेको बताए ।  प्रचण्डले संसद विघटनपछिको घट्ना स्मरण गरे ।

आज (बिहीबार) नेपाल संवत् ११४२ तथा नेपाली चाडपर्वको उपलक्ष्यमा नेवा : मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले त्यस्तो संकल्प लिएको बताएका हुन्।

प्रतिक्रिया