आन्दोलनका कार्यक्रम फिर्ता
चरिकोट- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनु पर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थिए ।
आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए ।
लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ ।