

‘चम चम’ बोलको तामाङ सेलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं – हेरुका लामाको प्रस्तुति रहेको ‘चम चम’ बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ।बौद्धको रेस्टुरेन्टमा एक कार्यक्रम बिच गितको अफिसियल भिडियो सार्वजनिक गरिएको हो।
प्रतीक मोक्तानको शब्द एवम् जोगलाल लामाको संगित संगै एरेन्ज रहेको यस गीतमा बेनु लामा र सिर्जना स्याङ्तानले स्वर दिएका छन् ।
उक्त गीतको भिडियोमा हेरुका लामा,निरन्जली लामा,राजिव लुङ्वा र सबु गोलेको अभिनय रहेको छ भने अतिथि कलाकारको रुपमा तामाङ चलचित्र क्षेत्रका मेघा स्टार,अमिर दोङ,रमेश बुढाथोकी,संजय थापा,रबिन्द्र खड्का,संजिब वाइवा र सिताराम वाइवा रहेका छन्।
सार्वजनिक गितको भिडियोमा रोनिश तामाङको छायांकन, हेरुका लामाको निर्देशन र कोरियोग्राफी,तारा थापा किम्भेको सम्पादन,राजेश कुमारको रङ्ग सम्पादन,किम्भे प्रोडकसन र भिडियो बैंकको निर्माण समायोजन रहेको छ भने उक्त गितको भिडियो लाई पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका छन् भने सह निर्माण सिताराम वाइवा र संजिप वाइवाले गरेका छन्।
गितको भिडियोलाई हेरुका लामा नामक अफिसियल युटब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् गीतको भिडियो:

