

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्छु : मुख्यमन्त्री राई

काठमाडौं – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।
मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका हुन् ।
अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारुढ गठबन्धन र मन्त्रिपरिषदमा छलफल हुने मुख्यमन्त्री राईले बताए ।
उनले योजना छनोटमा भूमिका नभएकाले सांसदहरु निरीहजस्तो देखिएको भन्दै त्यसलाई सम्बोधन गर्ने बताए ।

